PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

नक्कली नोटसहित एक युवक समातिए



पहिलोपोस्ट

नक्कली नोटसहित एक युवक समातिए

काठमाडौंः सिरहामा नक्कली नोटसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

कल्याणपुर नगरपालिका-११ स्थित बजारबाट १ हजार दरको ५ थान नक्कली नोट सहित सोही नगरपालिका-१० बस्ने ३९ वर्षीय जिवछ कामतीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।      



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell