PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

छोरालाई बियरको बोतलले हानेर हत्या गरि फरार रहेका बाबु समातिए



पहिलोपोस्ट

छोरालाई बियरको बोतलले हानेर हत्या गरि फरार रहेका बाबु समातिए

काठमाडौंः बर्दिया प्रहरीले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

असोज १२ गते बारबर्दिया नगरपालिका वडा नम्बर ११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारुलाई नियन्त्रणमा लिएको हो। उनले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरे फरार भएका थिए। घाइतेको उपचारको लागि अस्पताल ल्यैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

फरार बाबुलाई आज बिहान गुलरिया नगरपालिका वडा नम्बर ११ इन्द्रपुर स्थित गाउँघरमा लुकिछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell