PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

अफगानिस्तानमा आत्मघाती विस्फोट : १९ जनाको मृत्यु, २७ जना घाइते



पहिलोपोस्ट

अफगानिस्तानमा आत्मघाती विस्फोट : १९ जनाको मृत्यु, २७ जना घाइते
Photo : Tolo News

अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ। दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी मानिस घाइते भएका छन्।

विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए।

विस्फोट भएको क्षेत्रमा हराजा अल्पसंख्यक समुदाय बस्ने गर्छ। उनीहरुलाई लक्षित गरेर यसअघि पनि यो क्षेत्रमा यस्तै विस्फोट भएका छन्। आक्रमणको जिम्मेवारी हालसम्म कुनै संगठनले लिएको छैन।

तालिवानले घटना लगत्तै सुरक्षाकर्मी पुगेको जनाउँदै आक्रमणको निन्दा गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell