PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राज्यका अंगहरु प्यारालाइसिस हुँदैछन् : ईश्वर पोखरेल



पहिलोपोस्ट

राज्यका अंगहरु प्यारालाइसिस हुँदैछन् : ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन्। शुक्रवार काठमाडौंमा आयोजित दशैं विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको बताएका हुन्।

उनले राष्ट्रिय राजनीति दुई ध्रुवमा विभाजित भएको भन्दै आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले गठबन्धनबारे फैसला गर्ने पनि बताए।

'राज्यका अंगहरु कसरी प्यारालाइसिस हुँदैछन्, हामी हेर्दैछौँ, अदालतको हालत यस्तो छ। कार्यपालिकाको हालत कस्तो के छ, व्यक्तिहरुको अवस्था के छ सबै बुझेका छौँ। विधायिकाको अवस्था कस्तो छ, बुझेका छौँ,' उनले भने।

आगामी निर्वाचनबाट नेकपा एमालेले जित निकाले मात्रै देशलाई समृद्धिको बाटोमा लैजान सकिने उनको दाबी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell