PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रवीन्द्र मिश्रको एजेण्डा : संवैधानिक राजतन्त्रको पुनस्थापना,'राजा ज्ञानेन्द्रले सबभन्दा बढी संविधानको पालना गरेका छन्'



पहिलोपोस्ट

रवीन्द्र मिश्रको एजेण्डा : संवैधानिक राजतन्त्रको पुनस्थापना,'राजा ज्ञानेन्द्रले सबभन्दा बढी संविधानको पालना गरेका छन्'

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कुनै पनि हालतमा संवैधानिक राजतन्त्र स्थापना गर्नुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर एक बाट प्रतिनिधिसभाको उम्मेदवारी घोषणा गर्दै मिश्रले राजतन्त्र स्थापनाको एजेण्डा अघि सारेका हुन्। 'कुनै पनि हिसाबले संवैधानिक राजतन्त्र स्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु। यही कुरा लिएर मतदाताकहाँ जान्छु,' मिश्रको भनाइ थियो। उनले नेपालमा संघीयता,धर्मनिरपेक्षता र गणतन्त्र बाहिरको एजेण्डा भएको दाबी गरे।

उनले संविधान निर्माण गर्ने दलले नै सबैभन्दा बढी संविधानको उल्लङ्घन गरेको आरोप लगाए। तर, पूर्व राजा ज्ञानेन्द्र शाहले भने सबैको भन्दा सशक्त ढंगले संविधानको पालना गरेको मिश्रको दाबी छ। 'राजाले निरंकुश राजन्तन्त्र अन्त्य गर्ने शर्तमा पुनस्थापन गरेको संसदले राजालाई नै फालेर दुईवटा एउटा पक्ष बसेर राजालाई नै फाले। जसले संविधान बनाए तिनले दिन दिनै उल्लङ्घन गरिरहेका छन्। राजा ज्ञानेन्द्रले सबभन्दा बढी संविधानको  पालना गरेका छन्,' मिश्रको भनाइ छ। उनले १२ बुँदे सम्झौता दिल्लामा भएको र राजतन्त्र भएकै देशले नेपालमा गणतन्त्रको वकालत गरेको भन्दै आलोचना गरेका थिए। आफूमाथि भइरहेको आलोचनालाई ग्रहण गरेरै राजनीतिमा आएको बताएका मिश्रले आफूमाथि जे पायो त्यहीँ भनेर आलोचना गरिएको दाबी गरे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell