PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

'रात ढल्दै गयो' र 'जब जब तिम्रो सम्झना' गीत लिएर आए दीपक खरेल



पहिलोपोस्ट

'रात ढल्दै गयो' र 'जब जब तिम्रो सम्झना' गीत लिएर आए दीपक खरेल

काठमाडौं : गायक दीपक खरेलका दुई नयाँ गीत सार्वजनिक भएको छ। उनको आफ्नो युट्यब च्यानल मार्फत आज 'लिरिकल म्यूजिक भिडियो' सार्वजनिक गरिएका हुन्।

'जब जब तिम्रो सम्झना' र 'रात ढल्दै गयो' शीर्षकका गीतहरु सार्वजनिक भएका हुन्।

जब जब तिम्रो सम्झना बोलको गीतको शब्द शीला रिजाल खरेलले लेखेकी हुन्। यस्तै, संगीत हरि लम्सालले दिएका हुन्।

रात ढल्दै गयो बोलको गीतको श्बद भुपेन्द्र महतले लेखेका हुन् भने संगीत दीपक जंगमले दिएका हुन्। पछिल्लो समय उनले आफ्ना गीतहरु युटयुबमार्फत सार्वजनिक गर्दै आएका छन्।

दुई हप्ता अघि मन सरोवर गीत सार्वजनिक गरेका उनले ६ दिन अघि निर्दोश नयनहरुका र हर श्वास प्रश्वास बोलका गीत सार्वजनिक गरेका थिए।

सांगीतिक क्षेत्रमा सक्रिय भएता पनि भाइरल ट्रेन्डले राम्रो गीत पनि ओझेलमा पर्ने गरेको खरेलको दुखेसो छ। भिडियो निर्माण गर्न खर्च हुने भएकाले लिरिकल भिडियो बनाएको समेत उनले सुनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell