PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राजतन्त्रबारे बाबुराम : इतिहासले मिल्काइसकेको संस्था फर्काउने हैन



पहिलोपोस्ट

राजतन्त्रबारे बाबुराम : इतिहासले मिल्काइसकेको संस्था फर्काउने हैन

काठमाडौं : राप्रपा प्रवेश गरेपछि रवीन्द्र मिश्रले शुक्रवार काठमाडौं १ बाट चुनाव लड्ने घोषणा गरेका छन्। काठमाडौंको बानेश्वर ब्याङ्क्वेटबाट पुरानै क्षेत्रमा लड्ने घोषणा गरेका मिश्रले आफ्नो एजेन्डा संवैधानिक राजतन्त्र भएको बताएका छन्।

शुक्रवार नै पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना सन्देश दिँदै आफू राजनीतिमा कोर्स करेक्सनको पक्षमा रहेको धारणा राखे। यसै विषयमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादीका नेता डा बाबुराम भट्टराईले आफ्नो प्रतिक्रिया राखेका छन्। सामाजिक सञ्जाल ट्वीटरमा रवीन्द्र र पूर्वराजाको क्रियाकलापलाई पश्चगामी शक्तिको संज्ञा दिएका छन्।

भट्टराईले इतिहासले मिल्काइसकेको संस्था फर्काउन सम्भव नहुनेसमेत बताएका छन्। 'जनता र युवा पुस्तामा बढ्दो असन्तुष्टिको धमिलो पानीमा माछा मार्न विभिन्न रूप र रंगमा पश्चगामी शक्तिहरू सलबलाउन थाल्नु गम्भीर छ,' बाबुरामले भनेका छन्, 'यसबारे युवा पुस्ता बेलैमा सतर्क रहन जरूरी छ। दल र नेता खराब भए अझै राम्रो दल र नेता छान्ने/बनाउने हो तर इतिहासले मिल्काइसकेका संस्था/व्यक्ति फर्काउने हैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell