PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

सत्ता गठबन्धनबाहिर पनि चुनावी तालमेल गर्न जसपा तयार, 'सिट बाँडफाँट सन्तोषजनक भएन'



पहिलोपोस्ट

सत्ता गठबन्धनबाहिर पनि चुनावी तालमेल गर्न जसपा तयार, 'सिट बाँडफाँट सन्तोषजनक भएन'

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सिट बाँडफाँट सन्तोषजनक नभएको बताएको छ। प्रवक्ता मनिसकुमार सुमनले गठबन्धन बाहेकका दलसँग पनि चुनावी तालमेलका लागि विकल्प खुला भएको बताएका छन्। कार्यकारिणी समितिको शनिवारको बैठकले अरु दलसँग पनि गठबन्धन गर्ने निर्णय गरेको हो। 

'निर्वाचनमा सिटको तालमेलको सम्बन्धमा भई रहेको सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि संतोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ,' सुमनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

अरु दलसँग गठबन्धन हुन नसके जसपा एक्लै चुनावमा होमिने तयारीमा रहेको उक्त पार्टीले जनाएको छ।

सत्ता गठबन्धन दलहरुले साउन २० गते नै कार्यदल गठन गरेर सिट  बाँडफाँटका लागि गृहकार्य गरेका थिए। जसपालाई १५ सिटमात्रै दिने सत्ता गठबन्धनमा छलफल भएपछि जसपाले पाँच दलबाहेकसँग पनि विकल्प खुला गरेको हो। यस्तै नेकपा एकीकृत समाजवादीले पनि १७ सिट दिएको भन्दै असन्तुष्टि जनाइरहेको छ। माओवादी केन्द्रले ४४, कांग्रेसले ८५ र राष्ट्रिय जनमोर्चाले २ सिट लिने गरी गठबन्धनको छलफल अघि बढेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell