PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

जलकुम्भीले ढपक्कै ढाक्यो फेवाताल

जलकुम्भीले ढपक्कै ढाक्यो फेवाताल

रिना थापा/पहिलोपोस्ट


पोखराः आन्तरिक पर्यटकले चहलपहल हुने समय हो यतिबेला पोखराको  फेवा किनार। पर्यटकको चहलपहल हुने समयमा फेवाताल भने जलकुम्भी झारले ढाकिएको छ। जलकुम्भी झारले फेवा कुरुप बनाउने समस्या वर्षेनि हुन्छ। झारले ताललाई कुरुप देखाउने समस्या भए पनि यसको दिगो समाधानमा सरोकारवालाको चासो देखाउँदैनन्।

जलकुम्भी झार सफा गर्न पोखरा महानगरले मेसिन पनि ल्याएको थियो। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र महानगरको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँमा झार निकाल्नका लागि ०७४ माघमा मेसिन ल्याइएको थियो। अहिले मेसिन थन्किएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell