PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लुम्बिनी प्रदेशलाई सुदूरपश्चिम राजधानी कपको उपाधि



पहिलोपोस्ट

लुम्बिनी प्रदेशलाई सुदूरपश्चिम राजधानी कपको उपाधि

कैलालीः लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार धनगढी रङ्गशालामा भएको फाइनलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सडनडेथमा हराउँदै उपाधि जितेको हो। लुम्बिनीले कर्णालीलाई १०-९ गोल अन्तरले हराएको हो।

यसअघि निर्धारित समय दुवै टोलीले १-१ को बराबरी खेलेका थिए। दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो।

उपाधिसँगै लुम्बिनी प्रदेशले नगद ५ लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता कर्णाली प्रदेशले नगद ३ लाखसहित ट्रफी मेडल प्राप्त गरेको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी भए। उनले नगद २० हजार पाए। यस्तै उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही र उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भूपेन्द्र शाही भए। उनीहरूले जनही दश दश हजार पाए।

प्रतियोगिता पिएफए स्पोटर्स क्लब अत्तरियाको आयोजनामा भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell