
इन्डोनेसियामा एक फुटबल खेलपछि प्रहरीले आश्रुग्यास प्रहार गर्दा भागदौड मच्चियो। उक्त भागदौडमा कोहीले लडेर त कोहीले निस्सासिएर ज्यान गुमाए।
कम्तीमा पनि १२७ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ। इस्ट जाभामा भएको शनिवार भएको खेलमा गृहमैदानमै अरेमा फुलबल क्लब पराजित भएपछि हुलदंगा भएको थियो। जारी बीआरआई लिगामा परसेबाया सुरेवाया क्लबले अरेमालाई ३-२ ले हराएपछि दंगा शुरु भएको र नियन्त्रण गर्न प्रहरीले आश्रुग्यास प्रहार गरेको थियो।
WATCH: Rioting, police violence and tear gas at Indonesian football stadium. At least 129 people killed pic.twitter.com/M2bx0sdN6v
— BNO News (@BNONews) October 1, 2022
उक्त घटनामा परी १८० भन्दा बढी मानिसहरु घाइते भएको बिबिसिले जनाएको छ। घटनामा परी दुई प्रहरी अधिकृत पनि मारिएका छन्। इन्डोनेसियन फुटबल एसोसिएसनले घटनाबाटे अनुसन्धान थालेको छ।
BREAKING: At least 127 people killed, 180 injured in riot at football stadium in Indonesia, police say pic.twitter.com/WmuI67yJoi
— BNO News (@BNONews) October 1, 2022
यो घटनापछि बीआरआई लिगा १ एक हप्ताका लागि स्थगित गरिएको छ।