PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

तामाङको म्हेनिङ अर्थात् दसैं : पितृ पूजा गर्दै भयो शुरु



निशा गुरुङ

तामाङको म्हेनिङ अर्थात् दसैं : पितृ पूजा गर्दै भयो शुरु

हेटौंडा : मकवानपुरका तामाङ समुदायले फूलपातीको दिन अकालमा निधन भएकाहरुलाई स्मरण गर्दै वायु पूजा गरेका छन्। मकवानपुरको कैलाश गाउँपालिकाका तामाङ समुदायले पनि फूलपातीका दिन वायु पूजा गरेका छन्।

अकालमा मृत्यु भएकाहरुले कसैलाई नपिरोस् भनेर यस्तो पूजा गरिने रुम्बा समुदायका गुरु हिरा रुम्बाले बताए। फूलपातीमा यहाँका बोम्पो गुरुलाई वायु पूजाका लागि भ्याइनभ्याई हुने गर्छ। त्यसैले कैलाश गाउँपालिकाका तामाङहरुले शनिवार नै यो पूजा विधिपूर्वक गरेका छन्।

पूजा नगरे सन्ततिले दु:ख पाउने र विभिन्न रोग लाग्ने विश्वास रहेको छ। हेटौँडा उपमहानगरपालिका-१४ मा गोगनेबाट आएकाहरु फूलपातीका दिनमा सबै जम्मा भएर यो पूजा गर्छन्।

तामाङहरुले दसैंलाई म्हेनिङको रुपमा भव्य रुपमा मनाउँछन्। म्हेनिङ मनाउनुअघि पूजा गरेमा पितृ खुशी हुने विश्वास रहँदै आएको छ। आफू र आफ्नो परिवारलाई नसताउन आग्रह गर्दै दुई कुखुरा चढाउने गरेको धनबहादुर रुम्बाले जानकारी दिए।

अधिकांश तामाङले म्हेनिङको अवसरमा वातावरण र प्रकृति सफा राख्न यो पूजा गर्ने गर्छन्। कतिपय स्थानमा यसलाई 'क्याम्साङ पूजा' भन्ने गरिन्छ भने कतिपय स्थानमा 'खेप्पासुङ' पनि भनिन्छ। बोन सम्प्रादयमा यो पूजा विद्यामान रहिआएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell