PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

दसैँको मुखमा बारेकोटको खाद्य डिपो रित्तै, महँगोमा चामल किन्न बाध्य



रासस

दसैँको मुखमा बारेकोटको खाद्य डिपो रित्तै, महँगोमा चामल किन्न बाध्य

जाजरकोट : बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ। नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दसैँमा समस्या भएको हो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका खाट र काउली डिपोमा चामल नहुँदा सर्वसाधारण खाली हात फर्कन बाध्य भएका छन्। स्थानीय बजारमा पाइने महँगो चामल खरिद गरेर प्रयोग गर्न बाध्य भएको बारेकोट –५ का विवेक सिंहले बताए। 'दसैँको समयमा बढी नै चामलको आवश्यकता पर्छ, त्यही समयमा खाद्य डिपोमा चामल छैन,' उनले भने।

पुरानो चामल सकिएको र नयाँ डिपोसम्म चामल ढुवानी नभएकाले चामल अभाव भएको डिपोका कर्मचारीले बताएका छन्। सदरमुकाममा सहुलियतमा चामल पाइए पनि दुर्गममा रहेका खाद्य डिपोमा चामल नै नहुँदा स्थानीयवासी पीडित भएका छन्। स्थानीय बजारमा चामल महँगो हुँदा आफूहरु मर्कामा परेको अर्का रमिता सिंहले बताए।

जिल्लाको सबैभन्दा ठूलो भू–भाग बारेकोटमै रहेको छ। अन्न कम उत्पादन हुने बारेकोटमा दुईवटा खाद्यका डिपो स्थापना गरिएको थियो। चामल नभएका ती डिपो सर्वसाधारणले चामल कहिले आउँछ भनेर सोध्ने काममात्र भएको छ। दसैँअघि चामल लिन प्रयास गरे पनि सफल नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका जाजरकोटका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए। जिल्लाभरि १० बिक्री केन्द्र र डिपो छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell