PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी माओवादी प्रवेश, थियो एकीकृत समाजवादीमा प्रवेशको चर्चा



पहिलोपोस्ट

इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी माओवादी प्रवेश, थियो एकीकृत समाजवादीमा प्रवेशको चर्चा

काठमाडौं : सुनसरीस्थित इटहरी उपमहानगर पालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन्। एमाले नेतासमेत रहेका चौधरीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार बिहान स्वागत गरेका हुन्।

चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्ता केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ।

तीन वर्षअघि पत्रकारको नाकको डाँडी भाँचिदिन्छु भनेर चर्चामा आएका चौधरी पछिल्लो समय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग निकट थिए। चौधरीले नेपालसहित प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतलाई आफ्नै घरमा खाना खुवाएका थिए। एक वर्षअघि नै एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा उत्रिएका उनी समाजवादीमा प्रवेश गर्ने चर्चा चलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell