PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतमा 'फाइभजी' को सुरुवात : मुकेश अम्बानीले खर्चे ११ अर्ब, अरुले कतिमा किने एयरवेभ्स?



पहिलोपोस्ट

भारतमा 'फाइभजी' को सुरुवात : मुकेश अम्बानीले खर्चे ११ अर्ब, अरुले कतिमा किने एयरवेभ्स?
Photo : NDTV

 

काठमाडौं : भारतमा 'फाइभजी' सेवा सुरु भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार फाइभजी सेवाको उद्घाटन गरेका हुन्। उनले भारतमा हाइ स्पीड इन्टरनेटको पहुँच पुगेको बताउँदै सबै भारतीयलाई इन्टरनेट सेवा पुर्‍याउने उद्देश्य लिएको बताए।

मोदीले यो प्रविधिको प्रयोग फोन गर्न वा भिडियो हेर्नका लागि मात्रै नगर्न आग्रह गर्दै यसबाट नयाँ क्रान्ति आवश्यक रहेको बताए।

उद्योगी मुकेश अम्बानीले रिलायन्स जिओको फाइभजी सन् २०२३ को डिसेम्बरसम्म सबै भारतमा उपलब्ध हुने बताए। एयरटेलका सुनिल मित्तलले आफ्नो सेवा सन् २०२४को मार्चसम्ममा सबै भारतमा उपलब्ध हुने बताए। पहिलो चरणमा भारतको आठ शहरमा यो सेवा सुरु भएको छ।

भारतको अहमदावाद, बेग्लोंर, चण्डीगढ, चेन्नई, दिल्ली, गान्धीनगर, गुरुग्राम र हैदरावादमा यो सेवा सुरु भएको हो। फाइभजी कनेक्टिभिटीको साथै डिभाइस १० जीबी प्रति सेकेन्डको इन्टरनेट स्पिड हुनेछ। अहिले फोरजी नेटवर्क अधिकतम एक सय एमबीपीएस प्रति सेकेन्ड छ।

फाइभजीका लागि १९ अर्ब डलर

भारतको फाइभजी स्पेक्ट्रम लिलामीमा टेलिकम अपरेटरहरुले १९ अर्ब अमेरिकी डलर खर्चिएका छन्। जसमध्ये भारतीय अर्बपति मुकेश अम्बानीको टेलिकम कम्पनी जिओ एक्लैले ११ अर्ब डलर बराबरको एयरवेभ्स जित्न सफल भएको छ।

फाइभजी स्पेक्ट्रम लिलामीमा शीर्ष रहँदै जिओले विश्वको दोस्रो ठूलो मोबाइल बजार भारतमा आफ्नो वायरलेस नेटर्वक थप आक्रामक रुपमा विस्तार गर्ने देखिएको छ।

भारतका दूरसञ्चार मन्त्री आश्विनी वैशनवले टेलिकम अपरेटरहरुले बिक्रीमा राखिएको कुल ७२ गिगाहर्ज स्पेक्ट्रमको ७१ प्रतिशत हिस्सा खरिद गरेको बताएका थिए। लिलामी प्रक्रियामा जिओका प्रतिस्पर्धीहरु भारती एयरटेल, भोडाफोन आइडिया र अर्का अर्बपति गौतम अडानीको कम्पनी अडानी इन्टरप्राइजेज लिमिटेडले बिड गरेका थिए।

एयरटेलले पाँच अर्ब ४० करोड डलर र भोडाफोनले दुई अर्ब ४० करोड डलर मूल्यबराबरको स्पेक्ट्रम हात पारेका छन्। यस्तै, अडानीले जम्मा दुई करोड ७० लाख डलरको एयरवेभ्स खरिद गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell