PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

अचेत बनाएर जवरजस्तीकरणी गरेको भन्दै पुरुषलाई फसाउन खोज्ने महिला पक्राउ



पहिलोपोस्ट

अचेत बनाएर जवरजस्तीकरणी गरेको भन्दै पुरुषलाई फसाउन खोज्ने महिला पक्राउ

काठमाडौंः जवर्जस्तीकरणी गरेको भन्दै झुटो उजुरी दिने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौँ जडीबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई पक्राउ गरेको हो। उनले भक्तपुर लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त थिमिमा जाहेरी दिएकी थिइन्। त्यसपछि अनुसन्धान गर्दा उनले झुटो उजुरी दिएको र कुनै प्रकृतिको घटना नभएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

पुरुषलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा महिलालाई वृत्त थिमीबाट नियन्त्रणमा लाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell