PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड : मृत्यु हुनेको संख्या १२५ नाघ्यो



पहिलोपोस्ट

इन्डोनेसियामा फुटबल खेलका क्रममा भागदौड : मृत्यु हुनेको संख्या १२५ नाघ्यो
Photo : AP /Yudha Prabowo

इन्डोनेसियामा एक फुटबल खेलका क्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या १२५ नाछेको छ पुगेको छ। यस्तै,  १८० जनाभन्दा घाइते भएका छन्। सुरुमा अधिकारीहरुले १७४ जनाको मृत्यु भएको भने पछि मृतकको संख्या घटाइएको थियो।

सुरुमा १२७ जनाको मृत्यु भएको बताइएको थियो। पछि पूर्वी जाभाका डेप्युटी गभर्नर इमिल डारडकले १७४ जनाको मृत्यु भएको ११ जना गम्भीर घाइते भएको तथ्याङ्क सार्वजनिक गरेका थिए।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले लिगका सबै खेल स्थगित गर्न निर्देशन दिएका छन्। घटनाको अनुसन्धान नसकिएसम्म कुनै पनि खेल संचालन नगर्न उनले आदेश दिएका हुन्।

अरेमा एफ सी आफ्नो प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग पराजित भएपछि दंगा सुरु भएको थियो। रेफ्रीले खेलको अन्तिम सिठी बजाउने बितिक्कै फुटबल समर्थक मैदान प्रवेश गरेका थिए। अधिकारीहरुले ३८ हजार जनाको क्षमता रहेको सो स्टेडियममा करिब ३ देखि ४ हजार मानिस मैदान प्रवेश गरेको बताएका छन्। त्यसपछि प्रहरीले भिड नियन्त्रण गर्न अश्रु ग्यास र लाठी प्रहार गरेको थियो।

प्रहरीको सो कारवाही पछि भिडमा भागदौड मच्चिएको थियो। 'एक्जिट एरिया'मा जाने क्रममा केही व्यक्तिको मृत्यु निसास्सिएर पनि भएको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताएका छन्। मृत्यु हुनेमा केही प्रहरी पनि छन्।

इन्डोनेसियाली फुटबल संघ ले घटना घटना बारे अनुसन्धान गर्ने जनाएको छ। यो घटनाले 'इन्डोनेसियाली फुटबलको अनुहार कलंकित गरेको' गरेको संघले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell