PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

भारतको महाराष्ट्रमा अब सरकारी कर्मचारीले फोनमा 'हेलो' भन्न नपाइने, 'वंदे मातरम' भन्न आदेश



पहिलोपोस्ट

भारतको महाराष्ट्रमा अब सरकारी कर्मचारीले फोनमा 'हेलो' भन्न नपाइने, 'वंदे मातरम' भन्न आदेश
Photo : Opindia

भारतको महाराष्ट्रमा अब सरकारी कर्मचारीहरुले फोन उठाउँदा 'हेलो' भन्न नपाइने भएको छ। महाराष्ट्र सरकारले अब कर्मचारीहरुलाई टेलिफोन वा मोबाइल कल उठाउँदा 'हेलो' को सट्टा 'वंदे मातरम' भन्न निर्देशन दिएको हो। यो आदेश सरकारी रकमबाट संचालित संघसंस्थाका कर्मचारीमा पनि लागू हुनेछ।

हेलो शब्द पश्चिमी संस्कृतिको अनुकरण हो भन्दै सरकारले यस्तो निर्णय गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

यस्तै, आदेशमा सरकारी कार्यालय आउने सेवाग्राहीलाई कर्मचारीहरुले 'वंदे मातरम' भनेर स्वागत गर्नुपर्ने र सो कुराको सचेतना सेवाग्राहीलाई दिन पनि भनिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell