PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मनास्लुमा फेरि हिम पहिरो, ३ दर्जन टेन्टमा क्षति



पहिलोपोस्ट

मनास्लुमा फेरि हिम पहिरो, ३ दर्जन टेन्टमा क्षति

काठमाडौं : मनास्लुमा आज बिहान हिम पहिरो गएको छ। मनास्लु बेस क्याम्पमै हिम पहिरो गएको हो।

मनास्लु आरोहणमा हिँडेका तासी शेर्पाले घटना पुष्टि गरेका हुन्। उनले हिम पहिरोको दृश्य सार्वजनिक पनि गरेका छन्।

हिम पहिरोका कारण बेस क्याम्पमा रहेका करिब ३ दर्जन टेन्टहरुमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको जनाइएको छ।  

केही दिन अघि पनि मनास्लुमा हिम पहिरो गएको थियो। जसमा दुईजना आरोहीको मृत्यु भएको थियो।

यो वर्ष मनास्लु हिमाल आरोहणका लागि करिब ४०० जनाले अनुमति लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell