PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

बालकुमारी पुलमा जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, फरार जिप चालक खोज्दै प्रहरी



पहिलोपोस्ट

बालकुमारी पुलमा जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु, फरार जिप चालक खोज्दै प्रहरी

काठमाडौंः काठमाण्डौको बालकुमारी पुलमा शनिवार बेलुकी जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

२८ वर्षीय युवकको मृत्यु भए पनि सनाखत हुन बाँकी रहेको छ। गम्भीर घाइते भएका उनको उपचारका क्रममा बि एन्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो। पैदल हिँडिरहेका उनलाई बेलुकी सवा ८ बजे बा १ झ ८१७ नम्बरको जिपले ठक्कर दिएको हो।

फरार भएका जिप चालकको खोजी भइरहेको प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell