PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

हनुमानढोकाको दशैं घरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती

हनुमानढोकाको दशैं घरमा भित्र्याइयो गोरखाबाट ल्याइएको फूलपाती

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : हनुमानढोकामा फूलपाती भित्र्याइएको छ। हनुमानढोका दरबारको दशैं घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ।

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैंंघरका पूजारीसहित मगर जातिका ६ जनाले फूलपाती ल्याउने गर्छन्। र, धादिङको जीवनपुरबाट काठमाडौंको जमलसम्म काठमाडौंबाट गएका ब्राह्मण जातिका ६ जनाले ल्याउने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याएको हो। राजतन्त्र रहुञ्जेलसम्म हनुमानढोका दरबारको दशैं घरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्रको स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुने गरेको हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ।

हनुमानढोका दरबार नासलचोकमा पूजा र मूलचोकमा बलिसहित पूजा गरेपछि दशैं घरमा फूलपाती भित्र्याइएको हो।



ट्रेन्डिङ पोस्ट

Ncell