PahiloPost

Jul 3, 2024 | २० असार २०८१

दसैंमा भारी वर्षा : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, अधिकांश नदीको बहाव बढ्ने



पहिलोपोस्ट

दसैंमा भारी वर्षा : यस्तो छ तीन दिनको मौसम पूर्वानुमान, अधिकांश नदीको बहाव बढ्ने

काठमाडौं : यसपटकको दसैं वर्षामय हुने भएको छ। महाअष्टमीका दिन देशका विभिन्न स्थानमा वर्षा भयो। मंगलवार पनि वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका विभिन्न स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश तथा वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनायो। प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम बुलेटिनमा उल्लेख छ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

मंगलवार महानवमीमा राति भारी वर्षा हुने

मंगलवार दिउँसो देशका विभिन्न स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ। राति भने विभिन्न स्थानमा भारी वर्षा हुने बुलेटिनमा उल्लेख छ।

'दिउँसो प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ।

राति देशभर सामान्य बदली रहने र एक दुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।  'प्रदेश १, मधेश प्रदेश,  वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'साथै  वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेश प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।'

टीकाको दिन दिउँसै भारी वर्षा 

विजय दशमी अर्थात टीकाको दिन देशका विभिन्न स्थानमा वर्षाको पूर्वानुमान छ। दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनायो। 'प्रदेश १,  वाग्मती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा  प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ। 

राती देशभर सामान्यदेखि पुर्ण बदली रहने बुलेटिनमा उल्लेख छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखले जनायो। साथै  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको उल्लेख छ। 

बिहीवारको मौसम यस्तो

बिहीवार पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनायो। दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।  

राती भने सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। 

यी नदीमा आसपास सतर्कता अपनाउन आग्रह

वर्षाका कारण देशका अधिकांश नदीको बहाव बढ्ने भएकोले ती नदी आसपास सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 'आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔं,' महाशाखाले भनेको छ।

मंगलवार इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, बारा, पर्सा, चितवन, धादिङ, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), रुपन्देही, लमजुङ, कास्की, पर्वत, बाग्लङ, रुकुम पूर्व, रोल्पा, सल्यान, सुर्खेत, बकि, बर्दिया र आसपास भई बहने केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान रहेकाले उक्त जिल्ला भई वहने स-साना नदीहरुका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell