PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

उत्तर कोरियाद्वारा जापान लक्षित मिसाइल प्रहार, केही रेल सेवा अवरुद्ध



पहिलोपोस्ट

उत्तर कोरियाद्वारा जापान लक्षित मिसाइल प्रहार, केही रेल सेवा अवरुद्ध
फोटो : japantoday.com

उत्तर कोरियाले जापानमाथि मध्यमदुरीको ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। २०१७ पछि उत्तरले जापान लक्षित मिसाइल प्रहार गरेको यो पहिलोपटक भएको बताइएको छ

जापानको उत्तरी क्षेत्र लक्षित मिसाइल प्रहारबाट केही रेल सेवासमेत अवरुद्ध भएको बताइएको छ। होकाइदो क्षेत्रमा विमान उडानका बेला सतर्कता अपनाउनसमेत जापानले अनुरोध गरेको छ

'उत्तर कोरियाले मिसाइल हानेको देखिन्छ, कृपया भवनहरु खाली गर्नुहोस्,' जापानको सरकारले स्थानीय समयअनुसार मंगलवार ७:२९ बजे उक्त सन्देश जारी गरेको छ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक मिसाइल र न्युक्लियर हतियार चलाउन बन्देज लगाएको थियो।

उत्तरले प्रहार गरेको मिसाइल प्रशान्त महासगरमा खसेको बताइएको छ। उत्तरको हिंसात्मक व्यवहारको जापानका प्रधानमन्त्री फुमियो किसिदाले निन्दा गरेका छन्। जापान सरकारले यसबारे छलफलका लागि राष्ट्रिय सुरक्षा परिषदको बैठक डाकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell