PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

महानवमीमा मात्रै खोलिने तलेजु मन्दिरमा यस्तो देखियो यसपटकको माहोल

महानवमीमा मात्रै खोलिने तलेजु मन्दिरमा यस्तो देखियो यसपटकको माहोल

समर्थ रञ्जित/पहिलोपोस्ट


प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने उक्त मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए। वर्षका कारण लाइनमा बसेकाहरुलाई केही असहज भएको खनालको भनाई थियो। आजमात्र खुल्ने मन्दिर भएकाले लाम लाग्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ।

यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आइतबार बिहान १०:०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ। तलेजु भवानीलाई त्यसै दिन बिहान ११:३५ बजेको साइतमा स्थिरासनमा राखिएको खनालले बताए।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो। विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ। विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७:३५ बजे यात्रा गराइने छ। बिहान ८:४७ बजे तलेजु  भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ।



ट्रेन्डिङ पोस्ट

Ncell