PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

इक्वेडरको कारागारमा फेरि कैदीबिच झडप, १५ जनाको मृत्यु



पहिलोपोस्ट

इक्वेडरको कारागारमा फेरि कैदीबिच झडप, १५ जनाको मृत्यु
Photo : Getty Images / CNN

इक्वेडरको एक कारागारमा कैदीहरुबिच भएको झडपमा १५ जनाको मृत्यु भएको छ। लतकुगास्थित कोटोपासी नम्बर १ मा भएको झडपमा १५ जनाको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

सन् २०२१ को फेब्रुअरीयता इक्वेडरका कारागारमा हिंसाहुँदा ४०० जना बढी कैदीको मृत्यु भइसकेको छ। कारागारभित्र ग्याङहरुबिच र लागू औषध कारोबारीबिच झडप हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell