PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मस्कले जनमत संग्रहको मुद्दा उठाएपछि युक्रेनी राष्ट्रपतिको काउन्टर, ट्वीटरमा सोधे : तपाईंलाई कुन इलन मस्क मनपर्छ?



पहिलोपोस्ट

मस्कले जनमत संग्रहको मुद्दा उठाएपछि युक्रेनी राष्ट्रपतिको काउन्टर, ट्वीटरमा सोधे : तपाईंलाई कुन इलन मस्क मनपर्छ?
Photo : siasat

रसिय र युक्रेनबिच युद्ध भएको २२३ दिन भइसकेको छ। यसबिच दुवै तर्फबाट हजारौं मानिसले ज्यान गुमाएका छन्। युक्रेनबाट १ करोड ३० लाख भन्दा बढी मानिस पलायन भएका छन्। रसियाले पनि युवाहरुलाई सेनामा बोलाएपछि हजारौं युवाहरुले देश छाडेका छन्।

युद्ध लम्बिँदै गर्दा रसियाले आफू नियन्त्रित युक्रेनका शहरमा जनमत संग्रह गराएको थियो। जसमा त्यहाँका स्थानीयले आफूहरु रसियामा गाभिन तयार रहेकोमा बहुमत आएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय समुदायले सो जनमत संग्रहलाई मान्यता दिएको छैन।

यता, संसारकै धनाढ्यमा पर्ने इलन मस्कले ट्वीटरमा रसियाले स्वतन्त्र राज्य घोषणा गरेको डोनबास क्षेत्रका साथै क्रिमियाका नागरिकलाई रसिया वा युक्रेनको नागरिक बन्न छान्न पाउने नपाउनेबारे ट्वीटरमा सर्वेक्षण गरे। अक्टोबार ३ मा रातिको ११ बजेर ४ मिनेटमा उनले सर्वेक्षण गरेका थिए।

सो ट्वीटर सर्वेक्षण अघि पनि मस्कले संयुक्त राष्ट्रसंघले चारवटा विवादित क्षेत्रमा जनमत संग्रह गराउने र रसियाले जनमतको कदर गर्ने बारेमा पनि सर्वेक्षण गराएका थिए।

उनले ट्वीटर सर्वेक्षण गरेपछि धेरैले उनको आलोचना गरे। कतिपयले भने मस्कले युद्धलाई शान्तिको बाटोमा लग्ने प्रयास गरेको भन्दै समर्थन गरे। आलोचना र समर्थनबिच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले पनि ट्वीटर सर्वेक्षण गर्दै मस्कलाई 'काउन्टर' दिए।

अक्टोबर ४ को मध्यरात १२ बजेर ३० मिनेटमा उनले ट्वीटरमा सोधे : तपाईंहरु युक्रेनलाई समर्थन गर्ने इलन मस्कलाई मन पराउनुहुन्छ या रसियाको समर्थन गर्ने मस्कलाई ?

युक्रेनी राष्ट्रपतिको सर्वेक्षणमा मस्कले आफू युक्रेनकै पक्षमा रहेको भन्दै जवफ फर्काएका छन्। तर उनले लम्बिँदै गएको युद्धका कारण युक्रेन र सम्भवत: विश्वलाई नै ठूलो नोक्सान पुर्‍याउने पनि बताएका छन्।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell