PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

माइतीघर आएकी मिरा चौधरीको भ्यानको ठक्करबाट मृत्यु



पहिलोपोस्ट

माइतीघर आएकी मिरा चौधरीको भ्यानको ठक्करबाट मृत्यु

काठमाडौंः बर्दियाको बारबर्दिया नगरपालिका-९ मा भ्यानको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

भे.१ ज १२४१ नम्बरको भ्यानको ठक्करबाट गुलरिया नगरपालिका-४ बालापुर घर भई माईती घर आएकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

भ्यान चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell