PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा



पहिलोपोस्ट

प्रत्येक वर्ष ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा

काठमाडौंः प्रत्येक वर्ष उपत्यकाभित्र ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको कारबाहीमा ७ हजार भन्दा बढी ट्याक्सी चालक कारबाहीमा पर्ने गरेका हुन। मिटरमा जान नमान्ने, बढी भाडा लिने, यात्रुलाई लिन इन्कार गर्ने, भाडामा मोलमोलाइ गर्ने गरेका ट्याक्सी चालकलाई कारबाही गरेको हो।

आर्थिक वर्ष २०७७/७८ मा ५ हजार ७ सय ३६ जना ट्याक्सी चालकलाई कारबाही गरिएको थियो। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा यो सङ्ख्या दोब्बरले बढेर १० हजार २ सय ९५ पुगेको थियो।

त्यस्तै चालु आर्थिक वर्षमा ३ हजार १ सय २३ वटा ट्याक्सी चालक कारबाहीमा परिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell