काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरीले दसैंमा हुने अपराधलाई कम गर्न सर्वसाधारणमा नगद कारोबारका समयमा सचेत हुन अपिल गरेको हो। चाडपर्वको समयमा आर्थिक कारोबार धेरै हुने भएकाले थप सावधानी अपनाउन प्रहरीले भनेको हो।
प्रहरीले विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न अनुरोध गरेको छ। यदि नगदबाट कारोबार गर्नुपरे उच्च सावधानी अपनाउन पनि प्रहरीले भनेको छ। नगदको उच्च कारोबार हुने समयमा नक्कली नोटको कारोबार हुनसक्ने भन्दै सतर्कता अपनाउन प्रहरीले भनेको छ।
पछिल्ला दशैंको ट्रेन हेर्ने हो भने नक्कली नोट कारोबारीहरु यो समयमा बढी सक्रिय हुने गरेका छन्। आर्थिक कारोबारबढी हुने भएकाले कारोबारीहरु संक्रिय हुने गरेको प्रहरीको दावी रहेको छ। यस्ता कारोबारीले दिएको नक्कली नोट तपाइको गोजीसम्म पनि आइपुग्न सक्छ। त्यसैले नोटको कारोबार गर्दा एकदमै सचेत हुनुहोला।
यसरी चिन्नुहोस् सक्कली र नक्कली नोट।