PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राख्न राष्ट्रसंघ महासचिव गुटेरसको आग्रह



पहिलोपोस्ट

जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राख्न राष्ट्रसंघ महासचिव गुटेरसको आग्रह
Photo : UN

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले जलवायु परिवर्तनसम्बन्धीका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। संयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा उनले  जलवायु परिवर्तनबारे सबै देशका सरकार गम्भीर हुनुपर्ने बताएका हुन्।

'विश्वमा जलवायु परिवर्तनका कारण अहिले विभिन्न देशमा ठूलो समस्या उत्पन्न भइरहेको छ। त्यसकारण अब सबै देशहरुले र विशेषगरि जि२० का सदस्य राष्ट्रहरुले यस विषयमा गम्भीर भएर ध्यान दिनुपर्छ,' उनले भने।

गुटरेसले कोप २७ का लागि विश्वका देशहरुले एजेण्डा बनाइरहेको भन्दै त्यसमा जलवायु परिवर्तनको मुद्दलाई प्राथमिकतामा राख्न उनले आग्रह गरेका छन्।

इजिप्टको सराम आल सेख सहरमा आगामी नोभेम्बर महिनाको ६ देखि १८ तारिखसम्म विश्व जलवायु सम्बन्धी सम्मेलन कोप २७ सम्मेलन हुँदैछ। सो सम्मेलनमा विश्वका विभिन्न देशहरुले जलवायु परिवर्तन सम्बन्धी आफ्ना एजेण्डा र प्राथमिकताहरु निर्धारण गरिरहेका बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell