PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

उत्तराखण्डमा जन्ती बस दुर्घटना, २५ जनाको मृत्यु



पहिलोपोस्ट

उत्तराखण्डमा जन्ती बस दुर्घटना, २५ जनाको मृत्यु

भारतको उत्तराखण्डस्थित पौडी गढवाल जिल्लामा मंगलवार राति बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। जन्ती लिएर हरिद्वारबाट काडँगाउमा जाँदै थियो।

उक्त बस सिमडी गाउँमा पुग्दा ८ बजेतिर ५०० मिटर तल खसेको बताइएको छ। राति दुर्घटना हुँदा उद्धारमा कठिनाइ भएको थियो। स्थानीयले मोबाइलको फ्ल्यास लाइट बालेर यात्रुहरुको खोजी गरेका थिए।

बसमा ५० जना जन्ती रहेकोमा २१ जनाको उद्धार भएको उत्तराखण्डाका डिजीपी अशोक कुमारले बताएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell