PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

काठमाडौं उपत्यकामा ३ बजे वर्षा रोकिने, पश्चिममा भारी वर्षा



रासस

काठमाडौं उपत्यकामा ३ बजे वर्षा रोकिने, पश्चिममा भारी वर्षा

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको बताइएको छ।

वर्षाका कारण आज विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भइरहेको छ।

 मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ। आज प्रदेश नं १, मधेश प्रदेश तथा वाग्मती प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ।

वरिष्ठ मौसमविद् शान्ति कडेँलका अनुसार काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। विगत १२ घण्टामा काठमाडौँमा ३० एमएमको हाराहारीमा पानी परेको छ। 'उपत्यकामा हल्का सिमसिम पानी पर्छ, ३/४ बजेतिर पानी रोकिन्छ' कडेँलले भनिन्,  'सिमसिम पानी परिरहन्छ तर ठूलो वर्षा हुदैन। मौसम खुल्ने सम्भावना छैन, बदली रहन्छ।'

यो प्रक्रिया अझै २/३ दिन रहने उनले बताइन्। 'पश्चिम र सुदूरपश्चिमतिर आज र राति पनि भारी वर्षा हुने सम्भावना छ। यो प्रक्रिया अझै २/३ दिनसम्म रहन्छ। यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुनेसमेत सम्भावना छ।' कडेँलकाअनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell