PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

समानुपातिकमा कांग्रेसको संशोधित बन्दसुची : प्रवक्ता महत पहिलो नम्बरमा, को को परे ११० जनामा?



पहिलोपोस्ट

समानुपातिकमा कांग्रेसको संशोधित बन्दसुची : प्रवक्ता महत पहिलो नम्बरमा, को को परे ११० जनामा?

काठमाडौं : नेपाली कांग्रेसले समानुपातिक सुचीको ११० जना उम्मेदवारको सुचीमा पहिलो नम्बरमा प्रवक्ता डा प्रकाशशरण महतको नाम राखेको छ। १४ औं महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीमा पराजित उनी नुवाकोट १ बाट प्रत्यक्ष उम्मेदवार बन्ने चर्चा थियो। पुरुषतर्फ कांग्रेसले दोस्रोमा वसन्त भट्टराई र तेस्रोमा आनन्दप्रसाद ढुंगानाको नाम राखेको छ।

संशोधित सूचीको महिलातर्फ भने अम्बिका बस्नेतको नाम पहिलो नम्बरमा राखेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजुको नाम तेस्रोमा राखिएको छ। पहिलो सूचीमा नम्बर वानमा परेपछि विवादमा तानिएको कारण आरजुको नाम तेस्रोमा राखिएको हो। कांग्रेसले शनिवार निर्वाचन आयोगमा संशोधित सूची बुझाएको थियो। त्यसैगरी गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जु खाँणको नाम छैटौं नम्बरमा राखिएको छ। महिला तर्फ दिवंगत कांग्रेस सभापति सुशील कोइरालाकी सहयोगी मृदुला कोइरालाको नाम पनि अटाइएको छ। यसअघिको सूचीमा उनको नाम समावेश गरिएको थिएन।

कांग्रेस सभापतिमा भिडेर दोस्रो राउन्डमा देउवालाई सघाएका विमलेन्द्र निधिको नाम मधेशी पुरुषतर्फ पहिलो नम्बरमा राखिएको छ। यसैगरी कांग्रेस सहमहामन्त्री जीवन परियारको नाम दलित पुरुषतर्फ पहिलो नम्बरमा राखिएको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारको नाम यस क्लस्टरको चौथो नम्बरमा छ।

यता आदिवासी पुरुषतर्फको पहिलो नम्बरमा कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठको नाम राखिएको छ।

खस - आर्य पुरुष

डा प्रकाशशरण महत

वसन्त भट्टराई

आनन्द प्रसाद ढुंगाना

गोविन्द भट्टराई

त्रैलोक्य प्रताप सेन

डिल्ली बहादुर कार्की

दामोदर गौतम

किरण गिरी

मिन भाम

भिम थपलिया

वालकृष्ण पाण्डे

जयपति रोकाय

नरेश वहादुर सिह

सरोज कुमार थापा

सुरेन्द्र दाहाल

शिवराज जोशी

खडानन्द खनाल

खस - आर्य महिला

अम्बिका बस्नेत

सरिता प्रसाईं

डा.आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मन्जु खाँण

कान्तिका सैजुवाल

मैना रावल कार्की

रमा कोइराला

उमा दाहाल

मधु शाही

भद्रा भण्डारी

प्रसिस महरा

किरण कोइराला

भावना शाही

मृदुला कोइराला

अम्बिका शर्मा

आदिवासी जनजाति पुरुष

गोपालमान श्रेष्ठ

केशरमान रोक्का

सन्दिप राना

गोपाल सिं राजभण्डारी

कृष्ण धर्ती मगर

मनोहर नारयण श्रेष्ठ

कमोट फागो

अईन्द्र केरुङ्ग

मोहन राई

दिनेश राई

सनत मुर्मु

कालु मेचे

जगत बहादुर तामाङ

लाल बहादुर गुरुङ

ललित सिंह बोहरा

भीम श्रीस

आदिवासी जनजाति महिलातर्फ

सरस्वती बजीमय

लिला बोखिम

सीता राना मगर

शुशिला थिङ

सपना भण्डारी

माया राई

कुशुम थापामगर

मनोरमा शेरचन

अन्जनी श्रेष्ठ

रिनुका काउचा मगर

कृष्णा आमात्य

सरु लामा

मधु जगेवु

विन्दा आले राना

गीता सेन्दाङ

निर्मला वस्नेत तामाङ

दलित पुरुषतर्फ

जीवन परियार

लोक बहादुर सुनार

हरिशरण नेपाली

गोविन्द परियार

मुक्त वहादुर महते

डम्बर सुनार

महा सहनाई नेपाली (पिछडिको क्षेत्र)

दलित महिलातर्फ

शान्ति परियार

रुपा विक

सिता मिजार

आशा विक

विष्णुमाया परियार

फुलो देवी दास

देवीका नेपाली

कोपिला विक

मधेसी पुरुष

विमलेन्द्र निधि

अनिल रुंगटा

रामचन्द्र तिवारी

सकल देव सुतियार

हरेकृष्ण घोस

अयोधा प्रसाद यादव

शम्भु चौहान

नवल किशोर यादव

मधेसी महिलातर्फ

नगिना यादव

मुक्ता कुमारी यादव

चन्दा चौधरी

निनु कुमार कर्ण

संगिता मण्डल

अनिता यादव

सुष्मा तिवारी

मिनाक्षी झा

प्रियंका कुमारी दास

थारुतर्फ पुरुष

योगेन्द्र चौधरी

चुम नारायण तवेदार

फिरु राना

महिलातर्फ

कल्पना चौधरी

विना थनेत

जीवन राना थारु

शुशिला चौधरी

मुस्लिमतर्फ​ पुरुषतर्फ

फरमुल्लाह मन्सुर

अब्दुल सतार

मुस्लिमतर्फ महिलातर्फ

जावेदा खातुन जागा

दिल क. सुवेदी (कमाल)

नजवुल खान



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell