PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कलाकारहरुको निधारमा टल्क्कै टल्कियो रातो टीका ...



पहिलोपोस्ट

कलाकारहरुको निधारमा टल्क्कै टल्कियो रातो टीका ...

काठमाडौं : आज विजया दशमी। बिहानैबाट मान्यजनको हातबाट टीका र जमरा लगाइ आशिर्वाद लिइँदैछ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

नेपाली कलाकारहरुले पनि आज मान्जनबाट टीका लगाएका छन्। दशैंमा टीका लगाएपछिको तस्विरहरु उनीहरुले सामाजिक संजालमार्फत सेयर गरेका छन्। नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि दशैंको टीका लगाइरहेको तस्विर फेसबुकमा सेयर गरेका छन्। उनले छोरा अनमोल केसी र आफन्तलाई टीका लगाइदिएका छन्। 

यस्तै, कलाकार मदनकृष्ण श्रेष्ठले पनि परिवारका साथ टीका लगाएर विजया दशमी मनाएका छन्।

अभिनेत्री रिमा विश्वकर्मा र रेखा थापाले पनि टीका लगाएपछिको तस्विर सामाजिक संजालमा सेयर गरेका छन्। रेखा थापाले मोरङमा आफ्नो परिवारसहित टीका लगाएकी हुन्।

गायिका मिलन नेवार र अभिनेत्रा दीपकराज गिरीले पनि टीका पछिको रमाइलो आफ्ना फ्यानसँग साटेका छन्।

यस्तै, अभिनेत्री अदिती बुढाथोकीले पनि आफ्नो दशैं लुक सार्वजनिक गरेकी छिन् भने साम्राज्ञी शाह र सुहाना थापाले इनस्टाग्राम स्टोरीमार्फत दशैंको तस्विरहरु साझा गरेकी छिन्।  

यस्तै, हाल जापानमा रहेको ब्यान्ड द स्याडोज नेपालले पनि फेसबुकमार्फत विजया दशमीको शुभकामाना दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell