PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

दैत्यको संहार गर्न टोलटोलबाट खड्ग बोकेर निस्किए पाया

दैत्यको संहार गर्न टोलटोलबाट खड्ग बोकेर निस्किए पाया

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेवार समुदायले बुधबार चालं मनाएका छन्। नेवारहरुले विजया दशमीलाई चालंका रुपमा मनाउँदै आएका छन्। यस दिन रातो टीका र जमरासँगै कालो टीका लगाएर चालं मनाइन्छ। मोहनि सिन्हका रुपमा कालो टीका बिना नेवारहरुको टीका सम्पन्न भएको मानिदैन। चालंका अवसरमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बेलुकी पाया निकाल्ने परम्परा रहेको छ।

दैत्यको संहार स्वरुप खड्ग बोकेका व्यक्तिले दैत्यको आकृति बनाइएको कुभिण्डोमाथि खड्गले प्रहार गरेर असत्यमाथि सत्यको जित मनाउन पाया निकालिएको जनविश्वास छ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट आज पाया निकालियो। विभिन्न स्थान अनुसार पायाका किम्वदन्तीहरु फरक फरक हुन सक्छन्। आज काठमाडौंको क्वहिटी, यट्खा, तलेजु भवानी लगायतका स्थानबाट पाया निकालिएको थियो।

असनमा भने भोलि मात्रै पाया निकाल्ने परम्परा रहेको छ। 

तलेजु भवानी र क्वहितिबाट निकालिएको पायाका तस्विरहरु :



ट्रेन्डिङ पोस्ट

Ncell