PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

दूर्गाको प्रतिमा बिसर्जनको क्रममा बंगालमा ८ जनाको मृत्यु, दलदलमा फसेर ६ जनाको



पहिलोपोस्ट

दूर्गाको प्रतिमा बिसर्जनको क्रममा बंगालमा ८ जनाको मृत्यु, दलदलमा फसेर ६ जनाको
खोजी कार्यका लागि उद्धार टोली यमुना नदीको किनारामा।

पश्चिम बंगालको जलपाईगुडीमा दुर्गाको प्रतिमा बिसर्जनको क्रममा नदीको बहाव तीव्र हुँदा ८ जनाको मृत्यु भएको छ। घटनामा परी २० जना अझै बेपत्ता रहेको जलपाईगुडीका एसपी देवर्षी दत्ताले बताएका छन्।

बुधवार राति उनीहरु दुर्गाको प्रतिमा बिसर्जन गर्न पुगेका थिए। उक्त समयमा नदीको बहाव उच्च हुँदा मूर्ति बिसर्जनका लागि नदी पसेकाहरुलाई बगाएको बताइएको छ। उक्त क्षेत्रमा उद्धार टिमको सक्रियतामा खोजी कार्य जारी रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

यसैगरी अजमेरस्थित नसीरावादको नाँदला इलाकामा पनि प्रतिमा बिसर्जनका क्रममा ६ जना युवकको मृत्यु भएको छ। यहाँ मूर्ति बिसर्जनका क्रममा एक युवकको खुट्टा नदीमा फसेको र उनलाई बचाउने क्रममा थप पाँच जना डुबेर मृत्यु भएको बताइएको छ। उनीहरु दलदलमा फसेको भास्कर अनलाइनले जनाएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell