PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

क्रिकेटर सन्दीप लामिछाने काठमाडौं उत्रिँदै, प्रहरीको टोली विमानस्थलमा तैनाथ



पहिलोपोस्ट

क्रिकेटर सन्दीप लामिछाने काठमाडौं उत्रिँदै, प्रहरीको टोली विमानस्थलमा तैनाथ

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थल  पुगेको छ। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने तालिका थियो।  

उनी कतार एअरवेज हुँदै नेपाल फर्कँदैछन्। तर तालिका अनुसारको कतार एअरको विमान ल्यान्ड गर्न सकेको छैन। केही दिनदेखिको बर्षाको कारणले पनि हवाई उडानमा समस्या देखिदैं आएको छ।

त्यसो त उनी नेपाल नफर्किए पनि 'डिफ्युजन नोटिस' जारी भएपछि इन्टरपोलमा आबद्ध देशका प्रहरीले लामिछानेसँग सम्पर्क भएको खण्डमा नेपाल प्रहरीलाई जानकारी दिनेछन्। त्यसपछि नेपाल प्रहरीले उनलाई प्रक्रिया पुर्‍याएर नेपाल ल्याउने छ। तर उनैले नेपाल फर्किने जानकारी दिएपछि अब प्रहरी लामिछानेको पर्खाईमा छ।

एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell