PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जबरजस्ती करणीको आरोप लागेका सन्दीप उजुरी परेको एक महिनापछि नेपाल उत्रिए, विमानस्थलमै प्रहरीको नियन्त्रणमा



सविन ढकाल

जबरजस्ती करणीको आरोप लागेका सन्दीप उजुरी परेको एक महिनापछि नेपाल उत्रिए, विमानस्थलमै प्रहरीको नियन्त्रणमा

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर खेलाडी सन्दीप लामिछाने आज बिहान नेपाल फर्किएका छन्। कतार हुँदै कतार एअरवेजको विमानबाट उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। अवतरण लगत्तै सन्दीपलाई विमानस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।

सन्दीपविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्।

उनी विरुद्ध भदौको तेस्रो साता एक किशोरीले करणी गरेको उजुरी  दर्ता गराएकी थिइन्। एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।

धेरैलाई चासोको विषय बनेको छ- सन्दीप नेपाल फर्किएपछि के गर्छ प्रहरीले?

विमानस्थल प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौैलाई बुझाएको हो। घटनास्थल पनि गौशाला वृत्तकै क्षेत्रमा पर्ने भएकाले अनुसन्धान पनि गौशाला प्रहरीले गर्ने छ। अब पक्राउ गरेको २५ दिनभित्र प्रहरीले सन्दीपको केस सरकारी वकिलमार्फत अदालतमा पुर्‍याउनुपर्ने हुन्छ। उजुरीअनुसार नै प्रमाण भेटिएको खण्डमा प्रहरीले आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने छ। प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा मात्रै सरकारी वकिल कार्यालय मुद्दा अदालतमा टेकाउँछ। त्यसपछि अदालतमा बहसपछि लामिछानेलाई साधारण तारिकमा रिहा गर्ने, धरौटी माग गर्ने वा पुर्पक्षको लागि जेल चलान गर्ने एउटा आदेश अदालतले दिने छ।

साधारण तारिकबाहेक दुई वटा आदेश आएको खण्डमा लामिछाने पुनः खेल र कप्तानमा फर्किने सम्भावना देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell