PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तर कोरियाले दुई हप्तामा ६ वटा मिसाइल प्रहार गर्‍यो, बिहीवारमात्रै दुईवटा मिसाइल प्रक्षेपण



पहिलोपोस्ट

उत्तर कोरियाले दुई हप्तामा ६ वटा मिसाइल प्रहार गर्‍यो, बिहीवारमात्रै दुईवटा मिसाइल प्रक्षेपण
Photo : KCNA

उत्तर कोरियाले बिहीवार थप दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ। यससँगै उत्तर कोरियाले दुई हप्तामा ६ वटा मिसाइल प्रक्षेपण गरेको बीबीसीले उल्लेख गरेको छ।

अमेरिका र दक्षिण कोरियाबिच हुँदै आएको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै आइरहेको उत्तर कोरियाले मिसाइल प्रहार गरेको हो। मंगलवार उत्तर कोरियाले जापानको भूमिमाथि हुँदै मिसाक्षल प्रक्षेपण गरेको थियो।

पछिल्लो दुई महिनायता अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासमा जापान पनि जोडिँदै आएको छ। तीन देशबिच भएको संयुक्त सैन्य अभ्यासलाई उत्तर कोरियाले 'युद्धको तयारी' को संज्ञा दिँदै विरोध गरेको छ।

उत्तर कोरियाले पछिल्लो समय ब्यालेस्टिक मिसाइल प्रहार गर्ने क्रम बढाएपछि अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आपतकालीन बैठक बोलाएको थियो। सो बैठकमा अमेरिकाले रसिया र चीनले उत्तर कोरियालाई बचाइरहेको आरोप लगाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell