PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बारामा बस दुर्घटना, १४ जनाको मृत्यु



पहिलोपोस्ट

बारामा बस दुर्घटना, १४ जनाको मृत्यु
तस्विर : सामाजिक संजाल

काठमाडौं : बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ९ जना पुरुष र ५ जना महिलाको मृत्यु भएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी होबेन्द्र बोगटीले जानकारी दिए।

'१४ जनाको मृत्यु भएको छ। घाइतेको उद्दार गर्ने काम भइरहेको छ,' एसपी बोगटीले भने।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-०१० ख  ०१० नम्बरको बस दुर्घटना भएको हो। ३२ सिट रहेको बसमा ४० जना भन्दाबढी यात्रु रहेको अहिलेसम्म खुल्न आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell