PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बारामा बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये ११ जनाको सनाखत : १५ जना गम्भीर घाइते, अन्य वीरगंज र चितवन रिफर



पहिलोपोस्ट

बारामा बस दुर्घटना हुँदा मृत्यु भएका मध्ये ११ जनाको सनाखत : १५ जना गम्भीर घाइते, अन्य वीरगंज र चितवन रिफर

काठमाडौं : बारामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ। आज बिहान बाराको अमलेखगञ्जको ३ नम्बर पुल नजिकै बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुने ११ जनाको सनाखत भएको छ। ४ जनाको पहिचान खुल्न सकेको छैन। मृत्यु हुनेमा बारा कलैयाका लिलाराज चौधरी, चितवन खैरहनीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिकास्थित रमाइलो चोकका शंकार कडेर र पर्साको वीरगंज १६ का ६५ वर्षीय सोम प्रसाद चौरासिया रहेका छन्।

यस्तै, वीरगंजकै मन्निदेवी चौसासिया, मकवानपुरको हेटौंडा ७ की शुभलक्ष्मी श्रेष्ठ, हेटौंडाकै सोस्तिका श्रेष्ठ, बारा कलैया उपमहानगर १० की नाजलिन खातुन, जितपुरसिमरा उपमहानगर २२ का सुरेश बि क, कलैउ उपमहानगर १० का इताजत अंसारी र ओखलढुंगा बस्ने लाल बहादुर बोगटी रहेका छन्।

मृत्यु हुने अन्य चारजनाको वतन खुल्न बाँकी रहेको छ। उनीहरुको शव हेटौंडा अस्पतालमा रहेको छ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-०१० ख ०१० नम्बरको बस आज बिहान दुर्घटना भएको हो। ३२ सिट रहेको बसमा ४० जना भन्दाबढी यात्रु रहेको बताइएको छ। बस आफै अनियन्त्रित भइ सडकको बायाँ भागबाट करिब १५-२० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुर्घटनामा १५ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरका विरोज पाख्रिन र ललित कुमार पाख्रिनको सहकारी अस्पताल हेटौंडमा र जितपुरसिमरा उपमहानगरका शश वर्षीय शिशर बिक, भारत घर भइ हाल हेटौंडा बस्दै आएका सन्तोष ठाकुर र शुत्रुधन ठाकुरको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

बस चालक स्याङ्जा आदिखोला गाउँपालिकाका ४० वर्षीय कोदिसी नारायण ढकालको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। जितपुर सिमराकै १८ वर्षीय आर्यन बंजनको पनि हेटौंडास्थित सोही अस्पतालमा उपचार भइरहेको छ।

अन्य यात्रुलाई उपचारका लागि भरतपुर र वीरगंज रिफर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell