PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

बबई नदीमा बाढी आउँदा गाउँ डुबानमा, गुलरिया–नेपालगंज सडकमा आवतजावत बन्द



पहिलोपोस्ट

बबई नदीमा बाढी आउँदा गाउँ डुबानमा, गुलरिया–नेपालगंज सडकमा आवतजावत बन्द
बर्दियाको खजुरामा आएको बाढी। तस्विर : रासस

काठमाडौं : तीन दिनदेखि अविरल परेको पानीले बबई नदीमा बाढी आएको छ। जसकारण हुलाकी सडकअन्तर्गत गुलरिया–नेपालगंज–११ को इन्द्रपुरमा बाढी पसेर सडक डुबान भएको छ।

सडक डुबान हुँदा स्थानीयलाई आवतजावत गर्न कठिनाइ भएको छ।

पूर्वबाट पश्चिम आवतजावत गर्ने सबै साना ठूला सवारीसाधन र मानिसलाई रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बन्धु बाँस्तोलाले जानकारी दिए।

गुलरिया नगरपालिकाको कोठियागाउँ आसपासका क्षेत्रमा बाढीको पानी पस्नेक्रम जारी छ। बबईमा आएको बाढीले इन्द्रपुर, टडुवा आसपासका गाउँ डुबानमा परेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell