PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई यो वर्षको नोबेल साहित्य पुरस्कार



पहिलोपोस्ट

फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई यो वर्षको नोबेल साहित्य पुरस्कार
Photo Illustration : Niklas Elmehed / Nobel Prize

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोक्सलाई प्रदान गरिने भएको छ। ‘द स्विडिश एकेडेमी’ले एर्नोक्सले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको उनले नोबेल साहित्य पुरस्कार दिन लागिएको जनाएको हो।

एर्नोक्सले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे अध्ययन गर्छिन्। व्यवसासयक लेखन सुरु गर्नुभन्दा पहिला उनी शिक्षिका थिइन्। ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका उनका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्।

नोबेल पुरस्कार कमिटिका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोक्सले नोम्र्यान्डी फ्रान्समा बाल्यकाल बिताएको र उनको परिवेश त्यस बेला ‘गरिब तर महत्वाकांक्षी’ रहेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell