PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

एमाले-जसपा समीकरणका लागि अन्तिम तयारी, गठबन्धनबाट बाहिरिदै जसपा



पहिलोपोस्ट

एमाले-जसपा समीकरणका लागि अन्तिम तयारी, गठबन्धनबाट बाहिरिदै जसपा

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेलका लागि सहमतिको तयारी भइरहेको छ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एमाले-जसपा समिकरणको अन्तिम तयारी भइरहेको एमालेका एक पदाधिकारीले जानकारी दिए। 'आजै औपचारिक सहमति हुन सक्छ। छलफलहरु भइरहेकै छन्,' उनले भने।

जसपा सत्ता गठबन्धनबाहिरका दलसँग पनि चुनावी तालमेलका लागि तयार देखिएपछि एमालेसँग सहकार्य हुन लागेको हो।

यद्यपी हालसम्म सहमतिले औपचारिकता नपाएको नेताहरुले बताएका छन्। जसपाले बिहीवार सम्म मात्रै गठबन्धनलाई पर्खने चेतावनी दिएको थियो।

'भोलीको निर्णायक हो। त्यसपछि हामी के गर्ने भन्नेमा पुग्छौ, 'बुधवारको बैठक पछि जसपाका प्रवक्ता मनिषकुमार सुमनले भनेका थिए।

बिहीवारको बैठक छोडेर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जसपाका अध्यक्ष उपेन्द्र यादव वार्ताका लागि गएपछि गठबन्धनले उनलाई पर्खिएको थियो। तर, अबेर सम्म पनि नआएपछि शुक्रवार बिहान सम्म पर्खनेगरि गठबन्धनको बालुवाटारको बैठक सकिएको छ।

गठबन्धनले जसपालाई प्रतिनिधि सभामा १५ सिट दिने प्रस्ताव गरेपछि जसपा असन्तुष्ट बनेको थियो। एमालेसँग चुनावी तालमेल भए जसपाले २५ सिट पाउने एमालेका नेताहरुले बताएका छन्।

यस्तै प्रदेशमा पनि कति सिट पाउउने भन्नेबारेमा सहमति हुन लागेको हो। जसपाको जनाधार रहेको मधेश प्रदेशलाई प्राथमिकतामा राखेर एमाले-जसपा चुनावी तालमेल हुन लागेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell