PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु, ५ घण्टा लगाएर निकालियो शव



पहिलोपोस्ट

चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु, ५ घण्टा लगाएर निकालियो शव
फोटो : Keshab Lama

काठमाडौं : अविरल वर्षाका कारण काठमाडौंको चन्द्रगिरि नगरपालिकामा गएको पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा २ देउरालीमा बिहीवार राति १२:४० बजे पहिरो जाँदा एकै परिवारको तीन जनाको मृत्यु भएको वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए।

घटनापछि प्रहरी र स्थानीयको सहयोगमा ५ घण्टा लगाएर शव निकालिएको तामाङले बताए। 'राति १२:४० मा पहिरो खसेको रहेछ। सबै आएर बल्ल बल्ल शव निकालियो। करिब ५-६ घन्टा नै लाग्यो,' तामाङले भने। पहिरोमा परी ज्यान गुमाउनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र उनीहरुको नबालिका छोरी रहेको प्रहरीले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell