PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

यस्तो रहनेछ शुक्रवार दिनभरको मौसम



पहिलोपोस्ट

यस्तो रहनेछ शुक्रवार दिनभरको मौसम

काठमाडौं : शुक्रवार बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा जारी रहेको छ। केही स्थानमा सामान्य बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

शुक्रवार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ। सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो सुदूरपश्चिमका केही, कर्णाली प्रदेशका थोरै, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी देखि धेरै भारी वर्षाको पूर्वानुमान छ। 'कर्णाली र सुदूरपश्चिम प्रदेशमा  सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ,' महाशाखाको बुलेटिनमा भनिएको छ, 'लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही,  कर्णाली प्रदेशका थोरै  र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।'

राती भने गण्डकी र लुम्बिनीमा मौसम सुध्रने देखिन्छ। कर्णाली र सुदूरपश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनायो। 'राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै  स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell