PahiloPost

Jan 25, 2026 | १२ माघ २०८२

थाइल्यान्डको एक बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण, बालबालिकासहित ३७ जनाको मृत्यु



पहिलोपोस्ट

थाइल्यान्डको एक बाल स्याहार केन्द्रमा बन्दुकधारीको आक्रमण, बालबालिकासहित ३७ जनाको मृत्यु
फोटो : BBC

थाइल्यान्डको एक बाल स्याहार केन्द्रमा एक पूर्वप्रहरी अधिकारीले आक्रमण गरी ३७ जनाको हत्या गरेका छन्।  त्यहाँको नोङ्ग बुआ लाम्पु प्रान्तमा रहेको सेन्टरमा ती अधिकारीले बन्दुक र चक्कु प्रयोग गरी हत्या गरेका थिए

घटनामा मारिनेमा धेरैजसो बालबालिका भएको बताइएको छ। घटनामा परी ज्यान गुमाउनेमा २३ जना बालबालिका रहेको बताइएको छ।

३४ वर्षे ती प्रहरी अधिकारीलाई केही समयअघि मात्र लागूऔषध प्रयोग गरिएको अभियोगमा जागिरबाट बर्खास्त गरिएको थियो। घटनालगत्तै प्रहरीले खोजी कार्य शुरू गरेपछि आक्रमणकारीले आत्महत्या गरेका छन्।

आक्रमणको उद्देश्य थाहा हुन सकेको छैन। घटनामा परी कम्तीमा १२ जना घाइते भएका छन्।

थाई प्रधानमन्त्री प्रायुथ चान-ओचाले घटनाप्रति निन्दा गर्दै 'स्तब्ध बनाउने घटना' भनेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell