PahiloPost

Jul 23, 2025 | ८ साउन २०८२

उम्मेदवार छान्न देउवाले डाके कांग्रेस केन्द्रीय सम्पादन समिति



पहिलोपोस्ट

उम्मेदवार छान्न देउवाले डाके कांग्रेस केन्द्रीय सम्पादन समिति

काठमाडौं : कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठक डाकेका छन्। दिउँसो १२ बजेपछि बैठक बस्ने कांग्रेस सहमहामन्त्री फरमुल्लाह मंसुरले जानकारी दिए। 'दिउँसो बस्ने गरी खबर आएको छ,' सहमहामन्त्री मंसुरले भने।

गठबन्धनमा सिट बाँडफाँटको टुंगो अझै लागेको छैन। सिट बाँडफाँट टुंगो नलाग्दा बिहीवारका लागि डाकिएको केन्द्रीय सम्पादन समिति बैठक बस्न सकेन। जनता समाजवादी पार्टीले सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै आएकोले सहमति सत्ता गठबन्धन अझै सहमतिमा पुग्न नसकेको हो। बालुवाटारमा बस्ने कार्यसम्पादन समितिको बैठकमा कांग्रेसले टिकटको टुंगो लागेको ठाउँमा उम्मेदवार चयनबारे छलफल हुने बताइएको छ।

मंसिर ४ गते तय गरेको आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतवार मनोनयनको मिति तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell