PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई जनाको सनाखत हुन बाँकी



पहिलोपोस्ट

बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १८ पुग्यो, दुई जनाको सनाखत हुन बाँकी

वीरगंज : बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगंज(३ नम्बर पुल)मा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ। गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी गराए।

दुर्घटनामा परि गम्भीर घाइते भएका पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर बस्ने ५५ वर्षका गया राउत कम्करको हेटौँडा अस्पतालमा र वीरगंज–१६ नगवा बस्ने ६० वर्षीया मलती देवी चौरसियाको नारायणी अस्पतालमा उपचारको क्रममा बिहीबार राती मृत्यु भएको उनले बताए। दुर्घटनामा परी घाइते भएका अन्यको हेटौँडा, चितवन र वीरगंजको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बिहीवार नारायणगढबाट वीरगंजको लागि छुटेको यात्रुबाहक बा प्र ०६–००१ ख ०११० नम्बरको बस विहान साढे १० बजे ३ नम्बर पुल नजिकै ब्रेक फेल हुदाँ अनियन्त्रित हुदाँ खोला किनारमा खसेको थियो। जसमा घटनास्थलमै १४ जनाको ज्यान गइसकेको थियो भने ३० जना भन्दा बढी घाइते भएका थिए। हिजो साँझ सम्म १५ जनाको सनाखत भइसकेको थियो भने आज बिहानसम्म कुल १८ जनाको मत्यु भएकोमा १६ जनाको सनाखत भइसकेको र २ जनाको सनाखत हुन बाँकी रहेको बुझिएको छ। सनाखत नहुने शवलाई हेटौंडा अस्पतालमा राखिएको छ।

दुर्घटनामा पर्सा, बारा, मकवानपुर, चितवन, गोर्खा, धनुषा, ओखलढुंगालगायत जिल्लाका १० जना पुरुष र ८ जना महिला गरी कुल १८ जनाको मृत्यु भएको छ भने केही घाइते अझै गम्भीर अवस्थामा उपचाररत रहेको प्रहरीको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell