PahiloPost

Aug 1, 2026 | १६ साउन २०८३

एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी



पहिलोपोस्ट

एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिँदै गंगा चौधरी

काठमाडौं : एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। गत निर्वाचनमा समानुपातिकबाट एमाले सांसद रहेकी उनले दाङ क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी हुन्।

एमाले केन्द्रीय सदस्यसमेत रहेकी चौधरीले शुक्रवार फेसबुकमार्फत आफूलाई जनताको साथ चाहिएकोसमेत बताएकी छिन्। ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन। राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वोपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ,’ फेसबुकमा उनले लेखेकी छिन्।

एमालेले यस क्षेत्रमा शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि उनले असन्तुष्टि पोखेकी हुन्। उम्मेदवार मनोनयनपछि आफूले एमाले त्याग्नेसमेत उनले बताएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell